खेल

पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपाललाई घरेलु टोली मलेसियाले जितको लागि २३३ रनको लक्ष्य दिएको छ। 

मलेसियामा जारी अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको छ। मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए। 

त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए। 

बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। त्यस्तै करण केसीले २ विकेट लिदाँ  ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। 

प्रकाशित: ९ भाद्र २०८३ १३:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App