खेल

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि १९ सम्म

मञ्जुश्री ट्रेल रेसको आयोजनामा मञ्जुश्री ट्रेल रेस हुने भएको छ। प्रतियोगिता अप्रिल १७ देखि १९ सम्म आयोजना हुनेछ। 

आयोजकको अनुसार रेस चन्द्रगिरीको पातली वन रिसोर्टबाट सुरु भएर पूरा काठमाडौं घुमेर त्यहीं गएर टुंगिने छ। प्रतिस्पर्धामा १०० माइल्स, ८०, ५० , २० र १० किलोमिटर गरेर कुल पाँच स्पर्धा समावेश गरिएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त दौड एसियाली ट्रेल मास्टर्सको छनोट रहेको पनि जनाएको छ।

यस प्रतियोगिताका उद्देश्य साहसी र वातावरणमैत्री खेलमार्फत पयर्टन प्रवर्द्धन गर्नु, नेपालको प्राकृति सौन्दर्य र ट्रेल विश्वसामु प्रस्तुत गर्नु, स्थानीय समुदायका धावकलाई सहयोग र सशक्त बनाउनु, स्वस्थ्य जीवनशैली प्रवर्द्धन गर्नु र काठमाडौंको वास्तविक बनोटको अवलोक र परिचित गर्नु रहेको आयोजकले जनाएको छ।

प्रकाशित: २२ चैत्र २०८२ १७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App