खेल

२६ वर्षमा लागे सन्दिप

नेपाली स्टार स्पिनर सन्दिप लामिछाने आजबाट २६ वर्षमा प्रवेश गरेका छन्।

स्याङ्जामा जन्मिएका लामिछाने नेपाली क्रिकेट टिमका सबैभन्दा सफल खेलाडी हुन्। विश्वभर हुने सबैखाले अन्तर्राष्ट्रिय लिग खेलिसकेका छन्। 

विश्वकै चर्चित भारतीय लिग आइपिल खेल्ने एक मात्र खेलाडी पनि उनी हुन्। उनले सन् २०१८ र २०१९ मा गरी दुई वर्ष साविकको डिल्ली डेयरडेभिल्सबाट ९ खेल खेलेका थिए। सन्दिपको नाममा अन्तर्राष्ट्रिय एकदिवसीयमा सबैभन्दा छिटो १५० विकेट लिने कीर्तिमान पनि रहेको छ।

प्रकाशित: १७ श्रावण २०८३ ०६:५१ आइतबार