खेल

बराबरी खेल्दै जापान र स्वीडेन फिफा विश्वकपको नकआउट चरणमा प्रवेश

फिफा विश्वकप २०२६ अन्तर्गत बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश गरेका छन्।

अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश गरेका हुन्।

खेलको ५६औं दाइजेन माएदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ६२औं मिनेटमा स्वीडेनका लागि एन्थोनी एलान्गाले गोल गरे। यो गोल सँगै दुवै टोली बराबरीमा खेलिरहेका थिए।

जापान ५ अंकसहित समूह ‘एफ’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्दा ४ अंक जोडेको स्वीडेन तेस्रो स्थानको उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा प्रवेश गरेको हो।

प्रकाशित: १२ असार २०८३ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App