खेल

फिफा विश्वकप : अल्जेरियाले जोर्डनलाई हरायो

फिफा विश्वकप २०२६ मा अल्जेरियाले जोर्डनलाई हराएको छ।

सुरुवाती अग्रता लिएको जोर्डनविरुद्ध अल्जेरियाले २-१ को अग्रता लिँदै हराएको हो। अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा भएको खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको थियो। 

यस्तै, निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए। खेलको ६९ औं मिनेटमा अल्जेरियाका नाधीर बेलहादजीले गोल फर्काएपछि खेललाई बराबरीमा ल्याएका थिए।

त्यसपछि, अल्जेरिका अमिन गुइरीले ८२‍औं मिनेटमा गोल गरेर जोर्डनविरुद्ध अग्रता दिलाएका थिए। तत्पश्चात् जोर्डनले कुनै गोल फर्काउन सकेन।

अल्जेरियासँग पराजित हुँदै नवप्रवेशी जोर्डन फिफा विश्वकप २०२६ को समूह चरणबाट बाहिरिएको छ।

प्रकाशित: ९ असार २०८३ १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App