खेल

उत्कृष्ट पुनरागमनका बाबजुद इन्जुरी समयमा बंगलादेशसँग नेपाल स्तब्ध

तस्बिर: एन्फा।

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले आयोजक बङ्गलादेशसँग ३-२ को नाटकीय हार बेहोरेको छ।

दुई गोलले पछि परेको स्थिति उल्टाउँदै बराबरी गर्न सफल भएको नेपाल अन्तिम सेकेन्डमा गोल खाएपछि स्तब्ध बनेको हो।

खेलको दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले खेललाई २-२ को बराबरीमा ल्याएको थियो। तर, खेलको इन्जुरी समयको सातौं मिनेट (९०+७) मा बङ्गलादेशले विजयी गोल गरेपछि नेपालको सानदार पुनरागमन खेर गएको हो।

पहिलो हाफमा २-० ले पछि परेको नेपालका लागि ७६औं मिनेटमा अनिसा राईले पेनाल्टीमार्फत र ८५औं मिनेटमा मिना देउवाले बराबरी गोल फर्काएकी थिइन्।

खेल बराबरीमा सकिने निश्चित जस्तै देखिएको थियो। त्यही बेला बङ्गलादेशले निर्णायक गोल गर्दै नेपालबाट अङ्क खोस्न सफल भयो।

प्रकाशित: २९ असार २०८२ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App