खेल

बुद्धिचाल महासंघमा भूइँचालोः अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। महासंघको विधान २०४८ (आठौं संशोधन, २०८०) अन्तर्गत अध्यक्ष तथा महासचिवमाथि उक्त प्रस्ताव दर्ता गरिएको जनाइएको छ।

महासंघका कुल ११८ प्रतिनिधिमध्ये ६० जनाले विशेष साधारण सभा बोलाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्य सचिव रामचरित्र मेहतालाई सम्बोधन गरी निवेदन बुझाएका छन्। उनीहरूले काठमाडौंमा जेठ १० गते विशेष सभा आयोजना गर्नुपर्ने माग पनि राखेका छन्।  

प्रस्तावक पक्षले नेतृत्वकै कारण नेपालमा चेस खेल सीमित दायरामा सिमित भएको, अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रियामा पक्षपात भएको तथा महासंघ प्रशासनिक हिसाबले प्रभावकारी बन्न नसकेको आरोप लगाएका छन्।

प्रकाशित: ८ जेष्ठ २०८३ १६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App