खेल

उद्घाटन खेलमा चिल्ड्रेन हार्ड विजयी

सुनसरी जिल्लास्तरीय दोस्रो प्याब्सन एन्फा प्रेसिडेन्ट कप फुटबलको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्र ८ विजयी भएको छ।

शुक्रबार बराहक्षेत्र वडा नं. ५ को जनता डेडराज माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा चिल्ड्रन हार्डले बराहक्षेत्रकै जय सप्तकोशी बोडिङ् स्कुललाई ट्राइबेकरका आधारमा ६–५ गोलको अन्तरले हराएको हो। दुवै टीमबिच भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा गोल हुन नसकेको थपिएको अतिरिक्त समयमा समेत गोल हुन लागेपछि खेल ट्राइबेकरमा परिणत भएको थियो।  

शुक्रबारदेखि सुरु भएको पहिलो चरणको खेल यही मंसिर २७ गतेसम्म चल्नेछ। जसमा बराहक्षेत्रमा १६ वटा टीम र धरानमा १८ वटा टीमबिच प्रतिस्पर्धा भएर विजयी टीम दोस्रो चरणमा प्रवेश गर्ने प्याब्सन जिल्ला अध्यक्ष थानेश्वर ढकालले बताए। दोस्रो चरणको खेल पुस १ गतेदेखि धरानमा हुनेछ।  

खेलकुद उद्घाटनका  क्रममा उनले विद्यार्थीहरुलाई पढाईका अतिरिक्त खेलकुद विधामा उत्कृष्ट बनाउन प्याब्सनले जिल्लास्तरीय प्रतिस्पर्धा गराएको बताए। कार्यक्रममा अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी आशाराम चौधरीले विद्यार्थीलाई सिर्जनात्मक बनाउन खेलकुद आवश्यक भएको बताए।

प्रकाशित: १९ मंसिर २०८२ १९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App