खेल

इन्डोनेसियामा चेल्सीको शानदार जित, एसी मिलान ३–० गाेलले पराजित

चेल्सीले शनिबार इन्डोनेसियामा भएको पूर्वसिजन मैत्रीपूर्ण खेलमा एसी मिलानलाई ३–० ले पराजित गरेको छ। चेल्सीको जितमा जोआओ पेड्रो र मोइसिस काइसेडो चम्किए।

खेलको पहिलो हाफको अतिरिक्त समयमा पेड्रोले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। कर्नरबाट आएको बलमा पेड्रोले उत्कृष्ट फिनिसिङ गरेका थिए। दोस्रो हाफ सुरु भएको एक मिनेटमै पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० मा पुर्‍याए। त्यसपछि ५०औँ मिनेटमा काइसेडोले उत्कृष्ट भली गोल गर्दै चेल्सीको जित पक्का गरे।

रोमियो लाभियाले प्रहार गरेको कर्नरलाई काइसेडोले खुट्टाको बाहिरी भागबाट शानदार ढंगले प्रहार गर्दै गोलमा परिणत गरेका थिए। काइसेडोको गोल खेलकै उत्कृष्ट गोल बनेको थियो। उनको प्रभावशाली प्रदर्शनसँगै चेल्सीले नयाँ सिजनको तयारीमा आफ्नो बलियो संकेत दिएको छ।  

चेल्सीका लागि यो जित पूर्वसिजनको तयारीका क्रममा महत्वपूर्ण बनेको छ। विशेषगरी पेड्रो र काइसेडोको प्रभावशाली प्रदर्शनले टोलीको आक्रमण र मिडफिल्ड दुवै पक्षमा सकारात्मक संकेत दिएको छ।

 

प्रकाशित: २४ श्रावण २०८३ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App