खेल

चेल्सीका प्रशिक्षक रोसेनियर भन्छन्ः फुटबलमा जातिवादीहरूको लागि कुनै ठाउँ छैन

लियाम रोसेनियर

च्याम्पियन्स लिगको खेलमा रियल म्याड्रिडका भिनिसियस जुनियरलाई जातीय दुर्व्यवहार गरिएको आरोप लागेपछि चेल्सीका मुख्य प्रशिक्षक लियाम रोसेनियरले फुटबलमा जातिवादको लागि ठाउँ नरहेको बताएका छन्। मंगलबार च्याम्पियन्स लिग अन्तर्गत  रियल म्याड्रिड र बेन्फिकाबीचको खेलमा उनीमाथि जातीय दुर्व्यवहार भएको थियो। जस कारण यी दुई टोलीबिचको खेल १० मिनेटको लागि समेत रोकिएको थियो। 

‘यो निराशाजनक छ यस परिस्थितिको सन्दर्भमा त्यहाँ सन्दर्भ राख्नु आवश्यक छ। समाजमा कुनै पनि प्रकारको जातिवाद अस्वीकार्य छ। म त्यस्तो घटनाको बारेमा बोल्न सक्दिन जहाँ अनुसन्धान भइरहेको छ“ प्रशिक्षक रोसेनियरले भने, ‘म आफैँ पनि जातीय दुर्व्यवहारको सिकार भएको छु। यस्ता कारणले गर्दा खेलाडीहरू विचलित हुन्छन्।’ 

शनिबार प्रिमियर लिगमा बर्नलीविरुद्ध चेल्सीको घरेलु खेल अघि बोल्दै रोसेनियरले समाजमा धेरै कुराहरू परिवर्तन गर्न आवश्यक  रहेको बताए। एजेन्सी

प्रकाशित: ८ फाल्गुन २०८२ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App