एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भारत ए विरुद्ध पहिला बलिङ गर्ने भएको छ। दोहामा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्।
लामिछानेको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा कुशल भुर्तेल, ललित राजवंशी, पवन सर्राफ, सन्दीप जोरालगायत अनुभवी खेलाडी छन्। देव खनाल, इशान पाण्डे, अर्जुन कुमाल, लोकेश बम, प्रतिश जिसी जस्ता युवा खेलाडी पनि टोलीमा समावेश छन्।
तिलक वर्मा नेतृत्वको भारतीय टिममा वैभव सुर्यवंशी, अभिषेक शर्मा, तिलक वर्मा, रिंकु सिंहलगायत अनुभवी खेलाडीहरु छन्।
खेल केहीबेरमा सुरु हुनेछ।
नेपाल भारत ए सँगै पाकिस्तान ए र यूएईसँगै समूह बी मा छ।
प्रकाशित: ४ मंसिर २०८३ १५:३७ शुक्रबार

-600x400.jpg)

