खेल

एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

एसिया कप राइजिङ स्टार्स प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारत ए ले नेपालसामु ३३३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।  

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३२ रनको योगफल तयार पारेको हो।  

४२ रन जोड्दा आफ्नो सुरुवाती ३ विकेट गुमाएको भारतको इनिङ्स कप्तान तिलक वर्मा र कुमार कुसाग्राले सम्हालेका थिए। उनीहरुले २ सय ६ रनको साझेदारी गरेपछि भारत उच्च योगफल उन्मुख भएको हो। कुमार ११७ रनमा आउट भए। तिलकले १०७ रनको योगदान गरे। ललित राजवंशीले कुमारलाई बोल्ड गर्दै साझेदारी तोडेका थिए।  

भारतका वैभव सूर्यवंशी २६, अभिशेख शर्मा र रिंकु सिंह समान ९ तथा आयुश बडोनी २ रनमा आउट भए। सूर्यान्स सिद्गेले मात्र १४ बलमा नटआउट ३६ रन बनाए। 

 २४८ रनमा आफ्नो चौथो विकेट गुमाएको भारतले थप सय रन जोड्न नपाउँदै बाँकी सबै विकेट गुमाएको थियो। 

सन्दीप लामिछाने र ललित राजवंशीले समान ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा पवन सर्राफको नाममा एक विकेट रह्यो।  

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।  

समूह बीमा नेपाल भारत एसँगै पाकिस्तान ए र यूएई छन्। 

प्रकाशित: ४ मंसिर २०८३ १९:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App