खेल

एसिसी प्रिमियर कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

नेपालले एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

संयुक्त अरब इमिरेट्सको अजमान मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियालाई नेपालले १७.२ ओभरमा ५१ रनमा अलआउट गरिदिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७.५ ओभरमा एक विकेट गुमाएर यो लक्ष्य सजिलै हासिल गर्‍यो। 

यो जितसँगै नेपालले अर्को महिना हुने यू–१९ एसिया कप खेल्ने अवसर प्राप्त गरेको छ। मलेसियाले बनाएको सस्तो स्कोरलाई नेपालले न्यूनतम नोक्सानीमा पार गर्दै फाइनल यात्रा तय गरेको हो। 

प्रकाशित: १३ मंसिर २०८२ १३:४६ शनिबार