खेल

गौरिकाले तोडिन आफ्नै रेकर्ड (फोटो फिचर)

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी कीर्तिमानी खेलाडी गौरिका सिंहले स्वर्ण पदक जितेकी छिन्।

सातदोबाटोमा सम्पन्न महिला २ सय मिटर फ्रि स्टाईलमा उनले स्वर्ण जितिन। गौरिकाले २.०५.०६ मिनेटमा दुरी पुरा गरिन्।
उनले आफ्नै रेकर्डमा सुधार गरेकी हुन्।

यस अघि उनको २.०९.१९ मिनेटको रेकर्ड थियो। गौरिकाले बिहीबारको प्रतिस्पर्धामा ० दशमलव १३ मिलि सेकेन्ड समय सुधार गरेकी हुन्। 

साग गौरिका_सिंह पौडी स्वर्ण