भारतको केरलास्थित चक्कुभल्लीको स्थानीय मैदानदेखि सामाजिक सञ्जालसम्म अहिले १५ वर्षीय एलन जेम्स चर्चामा छन्।
बार्सिलोनाका स्टार फुटबलर लामिन यमालसँग मिल्दोजुल्दो अनुहारका कारण उनका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। कोल्लमका एलन स्पेनको जर्सी लगाएर मैदानमा उत्रिँदा धेरैको ध्यान उनीतर्फ जाने गरेको छ। उनलाई नजिकबाट चिन्ने मानिसहरूले यमालसँग उनको अनुहार मिल्ने कुरा यसअघि नै बताउँदै आएका थिए। तर भ्लगर निखिल मनोहरले एलनको भिडियो खिचेर सामाजिक सञ्जालमा सेयर गरेपछि उनी थप चर्चामा आए।
यमालको जर्सी लगाएका एलनका भिडियो सामाजिक सञ्जालमा चर्चित भइरहेका छन्। उनी केरलाको कोल्लम जिल्लास्थित पेरुवाझी सरकारी उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्छन्। उनको परिवारमा फुटबलसँगको सम्बन्ध पनि पुरानो छ। उनका भाइसमेत फुटबल खेल्छन्।
एलन आफ्नो विद्यालयको फुटबल टोलीबाट खेल्छन्। तर यमालभन्दा फरक उनको भूमिका रक्षापंक्तिमा हो। यमाल आक्रमणमा खेल्ने चर्चित खेलाडी हुन् भने एलनलाई रक्षापंक्तिमा खेल्न मन पर्छ।
यमालसँग अनुहार मिल्ने भएकै कारण चर्चा पाए पनि एलन भने अर्जेन्टिना र लियोनेल मेस्सीका प्रशंसक हुन्।
आफ्नो भिडियो भाइरल भएपछि जीवनमा आएको परिवर्तनबारे एलनले आफ्नो क्षेत्रका मानिसहरू खुसी भएको बताएका छन्।
‘धेरै मानिसहरूले मलाई लामो समयदेखि यमालजस्तै देखिन्छौ भन्दै आएका थिए। तर मैले त्यसलाई खासै ध्यान दिएको थिइनँ। विश्वकपका बेला अचानक मानिसहरूले मलाई चिन्न थाले। भिडियो भाइरल भएपछि मेरो जीवन नै परिवर्तन भयो,’ उनले भने।
सामाजिक सञ्जालमा आएका प्रतिक्रिया र ठट्टालाई भने आफूले गम्भीर रूपमा नलिएको एलन बताउँछन्।
‘मेरो क्षेत्रका मानिसहरू धेरै खुसी छन्। सामाजिक सञ्जालमा ठट्टा र विभिन्न टिप्पणी पनि देख्छु, तर म त्यसलाई गम्भीर रूपमा लिँदिनँ,’ उनले भने।
पीटीआईका अनुसार एलनलाई अब यमालले कुनै दिन आफूजस्तै देखिने केरलाका व्यक्तिबारे थाहा पाउने र आफूलाई सन्देश पठाउने आशा छ।
एलनले आफू बाल्यकालदेखि नै फुटबल खेल्दै आएको र रक्षापंक्तिमा खेल्न आफूलाई बढी मन पर्ने बताएका छन्। एजेन्सीको सहयोगमा
प्रकाशित: १९ भाद्र २०८३ १४:०२ शुक्रबार
-600x400.jpg)
-600x400.jpg)

