खेल

‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’

क्याप्शन

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

राष्ट्र निर्माणका लागि समाजलाई रुपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने बताएका छन्।

गणेशमान सिंह प्रतिष्ठानद्वारा शनिबार आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उनले खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुग्नाका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने बताए। उनले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिए।

प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गरे।

नेपाल टेनिस सङ्घका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताइन।  

प्रकाशित: १० कार्तिक २०८१ १४:५७ शनिबार

#Deputy Prime Minister and Urban Development Minister Prakashman Singh #Bir Ganeshman 4th National Tennis Tournament