खेल

एसिया कपः भारत र पाकिस्तान पहिलो पटक 'रिजर्भ डे' मा खेल्दै

'रिजर्भ डे' को खेल भारतको लागि अनलक्की !

एसिया कप क्रिकेट अन्तर्गत आज पुनः भारत र पाकिस्तानबीचको खेल हुँदैछ। भारत र पाकिस्तानबीच पहिलो पटक रिजर्भ डे मा खेल हुन लागेको हो। रिजर्भ डे अर्थात् जुन स्थितिमा खेल स्थगित भएको थियो त्यहिबाट पुनः खेल सुरु हुनेछ।  

भारतका लागि भने रिजर्भ डे मा खेलिने खेल राम्रो मानिदैँन। कारण, अन्तिम पटक २०१९ मा विश्वकपको क्रममा भारतले रिजर्भ डे मा न्यूजिल्याण्डसँग खेलेको म्याचमा पराजित भएको थियो। जसका कारण भारत फाइनलमा जान पाएन र उसको उपाधि जित्ने सपना टुटेको थियो।  

पाकिस्तान भने ३१ वर्षपछि रिजर्भ डे मा खेल खेल्न लागेको छ। पाकिस्तानले अन्तिमपटक सन् १९९२ मा इंग्ल्याण्डविरुद्धको खेल रिजर्भ डे मा खेलेको थियो।  

आइतवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएपछि आज पुनः दुई टोलीबीच खेल हुने भएको हो।

आइतवारको खेलमा पाकिस्तानले टस जितेर भारतलाई पहिले ब्याटिङ गर्नका लागि निम्तो दिएको थियो। भारतले निर्धारित ५० आभेरमा २४ दशमलव १ बल खेल्दै २ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। अब सोमवार भारतले १ सय ४७ रनको स्कोरलाई अगाडी बढाउनेछ।

आजको खेल ३ः१५ मा सुरु हुँदा मैदानमा विराट कोहली र केएल राहुल हुनेछन्। हालसम्मको अवस्थामा कोहलीले ८ र राहुलले १७ रन बनाएका छन्। आजको खेल त्यहिबाट सुरु हुनेछ। तर, आजको खेल पनि पुरा हुन्छ वा हुँदैन भन्न सक्ने अवस्था भने छैन। कारण, वर्षाका कारण भारत र पाकिस्तानबीचको पहिलो म्याच पनि स्थगित भएको थियो। श्रीलङ्काको कोलोम्बोस्थित एक्यु वेदरका अनुसार आज ९९ प्रतिशत वर्षा हुने सम्भावना रहेको छ।  

प्रकाशित: २५ भाद्र २०८० ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App