खेल

१० ओभर: आकाश र जोन सिम्पसन जमेपछि बलियो स्थितिमा काठमाडाैं

सुदूरपश्चिम रोयल्सले दिएको १४८ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गुर्खाजले इनिङको १० ओभर सकिँदा खेलमा बलियो पकड बनाएको छ।

काठमाडौंले १० ओभरमा ३ विकेट गुमाएर ८७ रन जोडेको छ।

पावरप्लेमा ३ विकेट गुमाएर केही दबाबमा परेको काठमाडौंको इनिङलाई ओपनर आकाश त्रिपाठी र अनुभवी ब्याटर जोन सिम्पसनले सम्हालेका छन्।

३९ रनको स्कोरमा ३ विकेट गुमाएको अवस्थाबाट टोलीलाई उकास्दै आकाश र जोन सिम्पसनले चौथो विकेटका लागि ४८ रनको अविजित साझेदारी गरिसकेका छन्।

प्रकाशित: ३ मंसिर २०८२ १८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App