सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मलंगवा नगरपालिका–८ नेपाल बैंक चोक अगाडि ट्याक्टरको ठक्करबाट गोडैता नगरपालिका–५ की २३ वर्षीया गुरीया कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, हरिपुर्वा नगरपालिका–३ स्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा हरिपुर्वा–३ का ४० वर्षीय कारी पमरियाको उपचारका क्रममा मृत्यु भएको छ भने ईश्वरपुर–१५ का ४५ वर्षीय चन्देश्वर दास घाइते भएका छन्।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १३:५० शुक्रबार



