समाज

रोल्पामा पहिरो : घरगोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते

फाइल तस्बिर

अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका–५ बोटलबारामा घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन्।

कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएको थियो। गए राति घटनास्थलमा प्रहरी टोली पुगेको थिए।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिरोबाट छ घर/गोठमा क्षति पुगेको छ। रासस

प्रकाशित: २८ श्रावण २०८३ ०७:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App