रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ।
नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्रबाट दुई जनाको शव निकालेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिए।
शवको पहिचान हुन बाँकी रहेको उनले बताए।
यसअघि सरकारी उद्धार टोली सुरूङको मुख्य बाटोबाट भित्र जाने प्रयास गरेपनि उद्धार टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन।
त्यसपछि आयोजनाको प्राविधिकसहितको टोली खोजी र उद्धारमा खटिएपछि १५० मिटर आसपास शव भेटेको थियो।
२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीमध्ये २५ जना अझै सम्पर्कविहीन छन्।
प्रकाशित: १८ भाद्र २०८३ १४:२४ बिहीबार



