समाज

क्व्होलासोथारमा मंगलबार सार्वजनिक बिदा

गुरुङ (तमु) समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा लमजुङको क्व्होलासोथार गाउँपालिकाले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले पालिकाभर स्थानीय बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले जानकारी दिए।

यसैगरी, पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरूमा बिदा दिइए पनि एसइई परीक्षा सञ्चालन हुने विद्यालयहरूको हकमा भने परीक्षाका कार्यक्रमहरू यथावत् सञ्चालन हुनेछन्। परीक्षालाई कुनै पनि असर नपर्ने गरी बिदाको व्यवस्थापन गरिएको पालिकाले जनाएको छ।

गण्डकी प्रदेशभित्र बसोबास गर्ने गुरुङ समुदायले प्रत्येक वर्षको साउन र चैत महिनाको अन्तिम मङ्गलबारलाई ‘ट्होटे’ पर्वका रूपमा धुमधामका साथ मनाउँदै आएका छन्। यसै परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक संरक्षणका लागि पालिकाले स्थानीय बिदा दिएको हो।

प्रकाशित: २३ चैत्र २०८२ २०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App