बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो। उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए। घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो। उनलाई दुई राउण्ड गोली लागेको छ।
सशस्त्र प्रहरीको गोली प्रहारबाट आज बिहान १ बजे राति सुनसरी कोशी गाउँपालिका वडा नं. १, लौकहीमा सिटी सफारी चालकको हत्या भएपछि विहानैदेखि स्थिति तनावग्रस्त बनेको छ। सशस्त्र प्रहरीको गोली प्रहारबाट सिटी सफारी स्थानीय चालक करिब ४४ वर्षीय विजय शाहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। सुनसरीका एसपी केशवकुमार थेबेले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको जानकारी दिए। ‘स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रु ग्यास प्रहार भएको हो। अहिले अवस्था सामान्य भएको छ,’ उनले भने।
एसपी थेबेका अनुसार अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष र प्रशासन पक्षबिच वार्ता चलिरहेको छ।
स्थानीयले लौकही बजारको सशस्त्र प्रहरीको डियूटी गर्ने एउटा विटमा आगजनी गरेका थिए। स्थानीयले बिहानैदेखि लौकही बजारमा मृतक शाहको शव सडकमै राखेर प्रदर्शन गरेका थिए। जसका कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधन ठप्प छन्।
यो पनि पढ्नुहोस्
लौकहीमा सशस्त्रको गोली प्रहारबाट सिटी सफारी चालकको मृत्यु, स्थिति तनावग्रस्त
यो पनि पढ्नुहोस्
सुनसरीमा गोली लागेर सिटी सफारी चालकको मृत्यु
प्रकाशित: १७ पुस २०८२ १३:१० बिहीबार