सशस्त्र प्रहरी बरिष्ठ हवल्दारमाथि हातपात गरेको आरोपमा कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी पक्राउ परेका छन्।
सोमवार बिहान सोही गाउँपालिकाका ५ स्थित शिवलवा दोहनी सिमा नाकामा भारतबाट सामान ल्याएको बिषयमा चेकजा गर्दा चौधरीले सशस्त्रको बिओपी हथिहवा क्याम्पमा कार्यरत बरिष्ठ हवल्दार भिमबहादुर चौधरीलाई हातपात गरका थिए। सशस्त्र प्रहरी उपरिक्षक गोपाल अधिकारीले भारतबाट सामान ल्याउँदा सुरक्षा जाँच गरेको भन्दै उपाध्यक्ष चौधरीले हवल्दारमाथि हातपात गरेको बताए। उनले उपाध्यक्ष चौधरीविरुद्ध किटानी जोहेरी दिने तयारी गरिएको बताए।
प्रहरी उपरिक्षक सन्तोष आचार्यले उपाध्यक्ष चौधरी प्रहरी नियन्त्रणमा रहेको बताए। उनले सशस्त्र प्रहरीबाट जाहेरी आएपछि कानुनी प्रकृया अघि बढाईने बताए। सिसि फुटेजमा समेत उपाध्यक्ष चौधरीले हवल्दारमाथी हातपात गरेको प्रष्ट देखिन्छ।
प्रकाशित: २३ चैत्र २०८२ १९:१५ सोमबार



