स्थानीय प्रशासनले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि बोडेका सुकुमबासीहरुले थाल ठटाएर विरोध गरिरहेका छन्।
प्रशासनले २ बजेसम्ममा स्थान छाड्न निर्देशन दिएपछि उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन्।
सुकुमबासीहरुको प्रदर्शनपछि बोडेमा प्रहरी टोली परिचालन गरिएको छ।
सरकारले भूमिहीन तथा सुकुमबासीको व्यवस्थापन गर्ने भन्दै काठमाडौं नदि किनारमा रहेका सुकुमबासी बस्ती भत्काएर उनीहरुलाई होल्डिङ सेन्टरमा राख्दै आएको थियो।
प्रकाशित: ११ मंसिर २०८३ १४:०८ शुक्रबार

-600x400.jpg)
-600x400.jpg)
