समाज

गुडिरहेको ईभी हाईसमा एक्कासि धुवाँ निस्कियो

बर्दियामा गुडिरहेको ईभी हाईसमा आगलागी भएको छ।

महेन्द्र राजमार्गमा गुडिरहेको अवस्थामा बारबर्दिया नगरपालिका-७ रम्मापुरस्थित ईभी हाईसमा आइतबार बिहान ६:५० मिनेटको समयमा आगलागी भएको हो। सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको ईभी हाईस कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा एक्कासि आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त ईभी हाईस कैलाली धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए। ईभी हाईसमा चालक र सहचालक मात्र रहेकोले कुनै मानवीय क्षति भएन। ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो।

गुडिरहेको अवस्थामा एक्कासि आगलागी हुँदा ईभी हाईसमा राखिएको कागजपत्र र नगद रु ४२ हजार जली नष्ट भएको डिएसपी रेशम बोहराले जानकारी दिए।

प्रकाशित: ४ आश्विन २०८३ १०:१५ आइतबार