समाज

श्री एयरलाइन्सको जहाजमा धुवाँ देखियो, भैरहवामा आकस्मिक अवतरण

फाइल तस्बिर

काठमाडौंबाट धनगढीतर्फ उडान भरेको श्री एयरलाइन्स को एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको छ। उडान नम्बर SHA 227 रहेको उक्त विमानको ककपिटमा अचानक धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा प्रक्रिया अपनाएको थियो।

विमानले आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो। केही समयमै ककपिट क्षेत्रमा धुवाँ देखिएपछि पाइलटले सतर्कता अपनाउँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मा आपतकालीन अवतरण गराएका हुन्।

विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सम्पूर्ण यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ। घटनापछि प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण सुरु गरेको छ भने ककपिटमा धुवाँ देखिनुको वास्तविक कारणबारे अनुसन्धान अघि बढाइएको छ।

यसैबीच, भैरहवामा रोकिएका यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन श्री एयरलाइन्सले अर्को जहाज पठाइसकेको जनाएको छ। विमानस्थल प्रशासनका अनुसार वैकल्पिक जहाजमार्फत यात्रुहरूलाई धनगढीतर्फ पठाउने तयारी गरिएको छ।

घटनापछि केही समय उडान व्यवस्थापनमा असर परे पनि यात्रुहरूको सुरक्षा सुनिश्चित गरिएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

 

यो पनि पढ्नुहोस्

श्री एयरलाइन्स जहाजको चक्का फुत्केपछि...

प्रकाशित: १४ असार २०८३ १९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App