समाज

क्यानका महानिर्देशक अधिकारीसहित सात जनालाई विशेषमा मुद्दा

१३ करोड साढे ५७ लाख बिगो दावी

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरूलाई प्रतिव्यक्ति १३ करोड ५७ लाख ४६ हजारको बिगो माग दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।  

भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, केही कम्पनीका प्रतिनिधिलाई मुद्दा दायर गरिएको हो।

प्रकाशित: १७ मंसिर २०८२ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App