समाज

नापभन्दा कम पेट्रोल बाँड्ने पम्पको बिक्री रोक

जन गुनासो बढे पछि कपिलवस्तुका ५  दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल, संचारकर्मीसहितको टोलीले पेट्रोल पम्पको अनुमगन गरेको हो । पेट्रोल पम्पले नाप र गुणस्तरमा ठगी गरेको भन्ने ब्यापक जन गुनासो छ । गुनासो र मौखिक उजुरी गरिएका ५ पम्पमा अनुगन गरिएको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी भबिस्कर घिमिरेको नेतृत्वमा गएको टोलीले तौलिहवाको चिन्नीलाल पेट्रोल पम्प, गोरुसिंगेको रितु अटो सेन्टर, बडहराको बुद्धदर्शन पेट्राल पम्प, प्रेमनगरको लक्ष्मी आयल सेन्टर र बिचगौरीको  तौलेश्वरनाथ आयल सेन्टरमा अनुगन गरिएको थियो । अनुगनका क्रममा चिन्नीलाल र तौलेश्वर पेट्रोल पम्पमा नापतौल लिदा नापको परिणाम भन्दा बढी तेल दिएको देखिएकाले ती पेट्रोल पम्पलाई पेट्राल बिक्रीमा रोक लगाइएको सहयाक प्रजिअ घिमिरेले बताए ।  

ती पेट्राल पम्पका मेशीनले ३५ र ५० एमएल बढी पेट्राल दिएको नापमा देखिएको थियो । टोलीले ५ वटै पेट्रोल पम्पमा डिजेल र पेट्रालको नाप जाच गरेको थियो । ५ वटै पेट्रोल पम्पमा डिजेलको मात्रा ठीकै भेटिएको थियो ।  

गुणस्तर तथा ताल तौल कार्यालयले अर्को पटक नापाजाच गर्न नआए सम्म २ पेट्राल पम्पलाई पेट्राल बिक्री नगर्न निर्देशन दिएको छ । पेट्रोल पम्पलाई सुरक्षाको उपायहरुका मापदन्ड पालना गर्न निर्देशन समेत दिएको थियो ।  

प्रकाशित: १७ वैशाख २०८३ २१:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App