आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव बुधबार दिल्लीबाट विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन् । उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान नयाँ दिल्ली पुगेको थियो ।
सद्गुरुको नेपाल आगमनमा यती एअरलाइन्ससँगको चार्टर उडान सहकार्यले यस वर्ष पनि निरन्तरता पाएको छ । सद्गुरु हरेक वर्ष नेपाल भ्रमणमा आउँदा यती एअरलाइन्सको चार्टर सेवामार्फत यात्रा गर्दै आएका छन् । यस वर्ष पनि उनको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमानमार्फत विशेष उडान सञ्चालन गरिएको हो ।
सद्गुरुको नेपाल भ्रमणलाई उनका अनुयायी तथा आध्यात्मिक क्षेत्रका व्यक्तिहरूले विशेष चासोका साथ हेर्ने गरेका छन् । नेपालमा रहँदा उनले विभिन्न आध्यात्मिक कार्यक्रम तथा गतिविधिमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
यती एअरलाइन्सले यात्रु सेवासँगै आवश्यकता र मागअनुसार विशेष तथा चार्टर उडान सेवा पनि सञ्चालन गर्दै आएको छ । देश तथा विदेशका विभिन्न गन्तव्यमा चार्टर उडानमार्फत सेवा प्रदान गर्दै आएको यती एअरलाइन्सले विशेष व्यक्तित्व, संस्थागत तथा समूहगत यात्राका लागि पनि सुरक्षित, भरपर्दो र सुविधाजनक हवाई सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित: २७ श्रावण २०८३ १९:३६ बुधबार



