समाज

रुम टु रिडले गर्‍याे कपिलवस्तुका ४८ विद्यालयमा पुस्तकालय स्थापना

रुम टु रिडले अठारौं राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारी कपिलवस्तु जिल्लाका तीन गाउँपालिकाका ४८ विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । जसमध्ये ३३ वटा पुस्तकालय तयारी भई संचालनको क्रममा छन् भने भने थप १५ वटा पुस्तकालय पालिकाको सहकार्यमा स्थापना गर्ने तयारीमा रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घोषणा गरेको यस वर्षको पुस्तकालय दिवसको नारा 'हाम्रो पुस्तकालय: हाम्रो भविष्य' लाई मृतरुप दिन विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयका माध्यमबाट  नेपालमा गुणस्तरीय शिक्षा र साक्षरताको प्रवर्द्धन गर्ने लक्ष्य रुम टु रिडले राखेको छ ।

विद्यालयमा पुस्तकालय स्थापना गर्नुको मुख्य उद्देश्य बालबालिकामा पढ्ने संस्कृतिको विकास गर्नु हो । बालबालिकाले उमेर, रुचि, र सिकाइ शैलीअनुसारका चित्र पुस्तकमा पहुँच सुनिश्चित गर्नका लागि रुम टु रिडले पुस्तकालयलाई बालमैत्री ढंगले व्यवस्थापन गरेको छ । पुस्तकालय मार्फत विशेष गरी न्यून(आय भएका समुदायका हजारौं बालबालिकाको पढ्ने बानीको विकास र साक्षरताको स्तर सुधार हुने कुरा अपेक्षा गरिएको छ ।

'पुस्तकालय पुस्तकको संग्रह गर्ने स्थान मात्र हैन । यो त विद्यार्थीका जिज्ञासा, सिर्जनशीलता र विकासको लागि बलियो आधारशिला हो । हामी प्रत्येक बालबालिकाले सिक्ने, पढ्ने र प्रगति गर्ने अवसरका लागि सरकार, विद्यालय र समुदायसँग नजिकबाट सहकार्य गरिरहेका छौं,' रुम टु रिडका राष्ट्रिय निर्देशक पुष्करलाल श्रेष्ठले भने।  

सन् २००० मा स्थापना भएको रूम टु रिडले हालसम्म नेपालका ४,९५९ विद्यालय पुस्तकालय स्थापना गरिसकेको छ ।

प्रकाशित: १५ भाद्र २०८२ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App