समाज

आवश्यकता भन्दा बढी ग्यास मौज्दात नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले खाना पकाउने ग्यास आवश्यकता भन्दा बढी मौज्दात नगर्न आग्रह गरेको छ।  

आइतबार एक सूचना जारी प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले उपभोक्ताले आवश्यक परिणाम भन्दा बढी मात्रामा कुनैपनि उपभोग्य बस्तुको मौज्दात नगर्न र विक्री वितरणलाई वस्तुपरक र सहज बनाउन व्यवसायीले भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

बस्तु तथा सेवाको मूल्य प्रचलित दररेट भन्दा बढीमा बिक्री नगर्न भनेका छन्। लुकाई छिपाई प्रचलित दर भन्दा बढीमा बिक्री गरेको पाईएमा टोल फ्रि नम्बर १०० मा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

ग्यासमा अतिरिक्त रकम लिई बिक्री गर्ने, कम तौलको ग्यास बिक्री गर्ने, ग्याँस हुँदैहुदै पनि नभएको भनी उपभोक्तालाई हैरानी र सास्ती दिने, भरिएको ग्यासको सिल खोली खाली जस्तो बनाई छक्याउने जस्ता कार्य गरे प्रशासनले आवश्यक कानुनी कारवाहीको प्रकृया अघि बढाउने जनाएको छ।

यस्तै, उपभोक्ताले आफुलाई आवश्यक पर्ने एलपी ग्यास र पेट्रोलियम पदार्थका लागि नजिकको बिक्रेतासंग सम्पर्क गर्न, विद्युत चुल्होको प्रयोग गरी ग्याँसको निर्भरता कम गर्न र अनावश्यक रुपमा सञ्चिति नगर्न आग्रह गरेको छ।

प्रकाशित: १ चैत्र २०८२ १८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App