समाज

प्रलोपा उम्मेदवारले एमाले उम्मेदवारलाई सघाउने

कैलाली क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार रहेका डम्बरबहादुर रावलले नेकपा एमालेका उम्मेदवार सूर्यबहादुर थापालाई सघाउने भएका छन्।

शनिबार दुई पार्टीबीच सहमति गर्दै प्रलोपा उम्मेदवार रावलले आफू निष्क्रिय भएको घोषणा गरेका हुन्।

जेनजी विद्रोहपछि सल्बलाएका शक्तिहरूले देशको अस्मितामाथि नै खतरा उत्पन्न गर्ने भएकाले संविधान र देशको रक्षा गर्न प्रत्यक्षमा एमालेलाई साथ दिने र समानुपातिकतर्फ आ–आफ्नो चुनाव चिन्हलाई मत माग्ने सहमति पत्रमा उल्लेख छ।

प्रकाशित: १६ फाल्गुन २०८२ १२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App