समाज

पोखरा विमानस्थल कर छुट मुद्दा : पूर्वसचिव न्यौपानेलाई धरौटीमा छाड्न विशेष अदालतको आदेश

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिइएको विषयमा दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेलाई ४ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।  

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्का सम्झौताविपरीत ठेकेदारलाई राजस्व छुट दिएर राज्यलाई नोक्सानी पुर्‍याएको आरोपमा न्यौपानेसहितका प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले यस मुद्दामा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।

प्रकाशित: २० श्रावण २०८३ १९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App