समाज

पोखरा विमानस्थल निर्माण अनियमितता: अख्तियारद्वारा सर्वोच्चमा बेरितको निवेदन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन उपनिर्देशक साधारण तारेखमा छुटेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बेरितको निवदेन दर्ता गरेको छ । 

अरबौ विगो सहित दायर भएको ठूलो भ्रष्टचारको मुद्धामा विशेष अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्ने आदेश दिएर सम्पूर्ण मुद्धालाई नै कमजोर बनाउन खोजेको भन्दै अख्तियारले उनीहरुलाई कारवाहीको माग गदै सो निवेदन दर्ता गरेको हो ।  

प्रतिवादी रहेका तत्कालीन उपनिर्देशकहरू अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय र महेशकुमार बस्नेत बुधबार बिशेष अदालतमा उपस्थित भएका थिए । विशेषका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले बयान र थुछछेक बहसपछि उनीहरूलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।  

अख्तियारले उनीहरूलाई आठ अर्ब ३६ करोड बिगो कायम गरी मुद्दा दायर गरेको थियो। यति ठुलो बिगो रहेको मुद्दामा उनीहरू साधारण तारेखमा छुटेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको हो  ।

प्रकाशित: २ माघ २०८२ १५:३७ शुक्रबार