चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा यात्रुवाहक बस र डिब्बा ट्रक एकआपसमा ठोक्किएका छन्।
बिहान साढे ११ बजे भरतपुर महानगरपालिका–२९ स्थित सडकखण्डमा ओभरटेक गर्ने क्रममा बसले ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ प ०००९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०९३८ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
ठक्करपछि बस सडकको डिभाइडरमा ठोक्किएर सडकछेउको नालामा खसेको छ।
दुर्घटनामा बसका सहचालक नवलपरासीको मध्यविन्दु नगरपालिकाका ४० वर्षीय रेशमराज थारु घाइते भएका छन्।
ठक्कर खाएको डिब्बा ट्रक पनि नालामा पल्टिएको छ। घटनालगत्तै बसका चालक भने फरार भएका छन्।
यता, प्रहरीले ट्रकका चालक बाराको जितपुर सिमरा नगरपालिका–१४ का ३२ वर्षीय सोनाबाबु सिङ्खडालाई भने नियन्त्रणमा लिएको छ।
प्रकाशित: १ चैत्र २०८२ १६:३९ आइतबार



