समाज

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो।

दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका-१ स्थायी घर भई हाल जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।

उनका अनुसार दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार गरिँदै छ। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान हुँदै छ। उक्त जीपमा १६ यात्रु रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

प्रकाशित: २२ कार्तिक २०८३ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App