नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
बुधबार राति करिब २१:०० बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आईरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी बस्ने ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति २२:३५ बजे मृत्यु भएको हो ।
घाइतेहरूको विवरण :
१ नवलपरासी (बर्दघाट सुस्ता पूर्व), विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी बस्ने १६ वर्षीय रविन चौधरीको हात र खुट्टामा चोट लागेको, अवस्था मध्यम।
२. ऐ. स्थान बस्ने २० वर्षीय रिजन चौधरीको दाहिने हात, खुट्टा र टाउकोमा चोट लागेको, अवस्था मध्यम।
३. ऐ. स्थान बस्ने २३ वर्षीय विशाल रानाको दुवै हातमा चोट लागेको, अवस्था सामान्य।
४. ऐ. स्थान बस्ने १५ वर्षीय श्याम चौधरीको अनुहार र बायाँ हातमा चोट लागेको, अवस्था सामान्य।
५. ऐ. स्थान बस्ने १८ वर्षीय गुल्सन थापाको आँखा र नाकमा चोट लागेको, अवस्था सामान्य।
६. ऐ. स्थान बस्ने १९ वर्षीय युवराज चौधरीको शरीरका विभिन्न भागमा चोट लागेको, अवस्था सामान्य।
७. ऐ. स्थान बस्ने २६ वर्षीय सुमेन्द्र चौधरीको बायाँ खुट्टामा चोट लागेको, अवस्था मध्यम।
८. मध्यबिन्दु नगरपालिका–१० अरुणखोला बस्ने २१ वर्षीय आदिश आलेको कम्मरमा चोट लागेको, अवस्था सामान्य।
९. ऐ. स्थान बस्ने १८ वर्षीय अश्विन चौधरीको मुख र छातीमा चोट लागेको, अवस्था गम्भीर।
१०. ऐ. स्थान बस्ने २० वर्षीय निर्मल चौधरीको टाउकोमा चोट लागेको, अवस्था गम्भीर।
११. ऐ. स्थान बस्ने १५ वर्षीय प्रिन्स विकको दुवै घुँडामा चोट लागेको, अवस्था सामान्य।
१२. ऐ. स्थान बस्ने ४० वर्षीय खेमनारायण चौधरीको दुवै घुँडा र टाउकोमा चोट लागेको, अवस्था सामान्य।
१३. ऐ. स्थान बस्ने २६ वर्षीय घनश्याम चौधरीको दायाँ हात र टाउकोमा चोट लागेको, अवस्था सामान्य।
घाइतेमध्ये रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई थप उपचारका लागि राति २३:५५ बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। अश्विन चौधरी र निर्मल चौधरीलाई पनि थप उपचारका लागि सोही अस्पताल रिफर गरिएको छ।
सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन्। त्यसैगरी प्रिन्स विकलाई मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरीलाई सेवा मेडिकल अरुणखोलामा उपचारपछि राति २३:५५ बजे डिस्चार्ज गरिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १० मंसिर २०८३ ०९:१० बिहीबार



