समाज

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटबाट एक जना पक्राउ परेका छन् ।  

दुवाकोटको बारूदखाना चोकस्थित त्वयना किराना पसल सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

तुलसीरामले उपभोक्तालाई एलपी ग्यास प्रतिसिलिण्डर रु सात हजारका दरले बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: २४ श्रावण २०८३ २२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App