समाज

नारायणी अस्पताल प्रकरण : वीरगन्ज–२५ का वडा अध्यक्ष चतुर्वेदी पक्राउ

वीरगन्ज महानगरपालिका २५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिकाको कार्यालयबाट केही बेर अघि चतुर्वेदीलाई नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीले चतुर्वेदीलाई बिना कारण नियन्त्रणमा लिएको भन्दै वीरगन्ज महानगरपालिकाका २५ वटा वडा अध्यक्षहरूले उनलाई तत्काल छोड्न माग गरेका छ।

२५ वटा वडा अध्यक्षहरूले सन्युक्त रूपमा निकालेको विज्ञप्तिमा चतुर्वेदीलाई तत्कालै रिहा नगरिए साउन १३ गते देखि आन्दोलनमा उत्रने उनीहरूले पर्सा प्रहरी प्रशासनलाई चेतावनी दिएका छन्।

साउन ९ गते उपचार गराउन आएका बिरामीको चिकित्सकहरूको लापरबाहीले मृत्यु भएको र मृतकका आफन्तहरूले चिकित्सकहरूको विरुद्धमा आन्दोलन गर्दा वडा अध्यक्षको हैसियतले चतुर्वेदीले सहजकर्ताको भूमिका खेलेको बताइएको छ। 

सहजकर्ताको भूमिकामा रहेको वडा अध्यक्षलाई नियन्त्रणमा लिएर प्रहरी, प्रशासनले पीडितलाई झन् पीडा दिने कार्य गरेको आरोप छ।

प्रकाशित: १२ श्रावण २०८३ २१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App