पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सडक माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब ३ः२२ बजे काठमाडौंबाट मुग्लिङतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि एक्कासि सडक माथिबाट ढुंगा खसेको थियो।
ढुंगाले लाग्दा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गंगाराम महर्जन गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो ४ः४९ बजे मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ मंसिर २०८३ १७:२९ मंगलबार
-600x400.jpg)


