समाज

अटो दुर्घटना हुँदा आमा-छोरीको मृत्यु

इलामको फाकफोकथुम गाउँपालिका-६ हाङ्माचुलीमा अटो दुर्घटना भइ आगलागी हुँदा आमा-छोरीको मत्यु भएको छ।

शुक्रबार साँझ भएको दुर्घटनामा घाइते २७ वर्षीया कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर मौसम उदासका अनुसार सुस्मिताको शुुक्रबार राति र कविताको शनिबार बिहान उपचारक्रममा झापाको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा ६ जना घाइते भएकामा ३ जनाको उपचार भइरहेको छ। देउमाई नगरपालिकाको मंगलबारेबाट फाकफोकथुमको एकतप्पा जाँदैगरेको मधेस प्रदेश ०३-००३ ह ६९६७ नम्बरको अटो पोखरी-कमेरे कच्ची सडकबाट खसेर दुर्घटना भइ आगलागीसमेत भएको थियो।

दुर्घटनापछि अटोबाट इन्धन लिकेज भइ आगलागीसमेत भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा फाकफोकथुम ६ का ३५ वर्षे लोकबहादुर श्रेष्ठ, देउमाई नगरपालिका ४ की २२ वर्षीया दुर्गादेवी श्रेष्ठ, फाकफोकथुम ६ की २७ वर्षीया मन्दिरा थापा र झापा कन्काई नगरपालिका माइधारकी ४० वर्षीया रमाकुमारी श्रेष्ठ घाइते भएको प्रहरीको विवरण छ। रमाकुमारी भने सामान्य घाइते छिन्।

प्रकाशित: २७ भाद्र २०८३ ०७:३३ शनिबार