ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार चोभार गल्छी र वाग्मती कोरिडोर क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। मन्त्री घिसिङसँग सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल पनि सहभागी थिए। निरीक्षणका क्रममा मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती र वाग्मती कोरिडोरलगायत क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए।
त्यस अवसरमा उनले नदी किनारका बस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
प्रकाशित: १८ आश्विन २०८२ १६:३२ शनिबार



