समाज

मौसम विभागले भन्यो : उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एक/दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ।

प्रकाशित: २६ आश्विन २०८२ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App