१५ औं विश्व हात्ती दिवसको अवसर पारेर पर्यटकीय नगरी सौराहामा ५६ वटा हात्तीलाई मनपर्ने परिकार खुवाउँदै वनभोज गराइएको छ।
हात्तीको संरक्षण र मानव-हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले बुधबार सौराहामा उक्त वनभोज आयोजना गरिएको हो।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजना तथा बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा सो कार्यक्रम सम्पन्न भएको हो।
हात्तीको उचित व्यवस्थापन र संरक्षणबारे जनचेतना फैलाउन कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
वनभोजमा सरकारी तथा निजी क्षेत्रका गरी करिब ५६ वटा हात्तीहरूलाई लामबद्ध गराएर भोजन गराइएको थियो। सो क्रममा हात्तीहरूलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईंकटहर र फर्सीलगायत २० प्रकारका फलफूल तथा खाद्य परिकारहरू पस्किएका थिए।
हेराैं तस्बिरहरु, सबै तस्बिर: वसन्त ढुंगाना/नागरिक

प्रकाशित: २७ श्रावण २०८३ १७:५७ बुधबार



