मधेश प्रदेश प्रहरी कार्यालयले विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय ‘विचौलिया’ नियन्त्रण अभियान तीव्र पारेको जनाएको छ।
कार्यालयले विज्ञप्ती जारी गरेर सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई प्रभावमा पारेर आर्थिक शोषण गर्ने तथा अनियमितता बढाउने कार्यमा संलग्न व्यक्तिहरूविरुद्ध निगरानी र कारबाही बढाएको जनाएको हो।
प्रहरीका अनुसार यातायात व्यवस्था, मालपोत तथा ट्रायल सेन्टरलगायत सेवाकेन्द्रहरूबाट हालसम्म ३३ जना विचौलिया नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको छ। त्यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया जारी रहेको पनि सूचनामा उल्लेख छ।
प्रहरीले सेवाग्राहीलाई सरकारी सेवा लिँदा कुनै पनि प्रकारको विचौलियाको प्रलोभनमा नपर्न र यस्ता गतिविधि देखिए नजिकको प्रहरी कार्यालय वा ‘१००’ नम्बरमा जानकारी गराउन अनुरोध गरेको छ। साथै, कानुनविपरीत कार्यमा संलग्न जो-कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।
प्रकाशित: २४ चैत्र २०८२ १६:०६ मंगलबार