समाज

ताप्लेजुङको कालिखोला नेवारेमा पहिरो : एक घरमा पूर्ण रूपले क्षति, अर्को जोखिममा

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं १ मंगलवार बिहान गएको पहिरोले एक घरमा पूर्ण रूपले क्षति पुर्‍याएको छ भने अर्को एक घर जोखिममा पारेको छ।

सिदिङ्वा गाउँपालिका वडा नं १ कालिखोलाका वडा सदस्य टइन्द्र चापागाँइका अनुसार स्थानीय जीवनाथ बाँनियाको घर पहिरोले पूर्ण रूपमा क्षति पुर्‍याएको हो। मानवीय क्षति भने नभएको वडा सदस्य चापागाँइले जानकारी दिए। 

उनका अनुसार कालिखोलाका वडाध्यक्ष गोपाल बाँनियाका बुबा मेहरमान बाँनियाको घर जोखिममा परेको छ। घुर्‍याउनदेखि उधोंको भाग पहिरोले लगेपछि घरका सदस्यलाई सुरक्षित स्थानमा सारी घर भत्काउन थालिएको समेत चापागाँइले जानकारी दिए।

प्रकाशित: ५ श्रावण २०८३ ११:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App