समाज

सोलुखुम्बुको हुंगा खोलामा पहिरो : एक सय मिटरभन्दा फराकिलो ताल बन्यो (अपडेट)

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-गुदेलस्थित हुंगा (हुङ्कु) खोलामा पहिरो खसेर करिब एक सय मिटरभन्दा फराकिलो ताल बनेको छ।

सोलुखुम्बुका सहायक जिल्ला अधिकारी देवेन्द्र सुवेदीअनुसार शुक्रबार आज बिहान करिब ७ बजेदेखि निरन्तर पहिरो खसेर ताल बनिरहेको बताए।

हुंगा खोला, दूधकोशी नदीको तटीय क्षेत्र र आसपास बसोबास गर्ने बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको उनले नागरिकन्युजलाई जानकारी दिए।

उनका अनुसार ताल फुटे दूधकोशी नदीदेखि उदयपुर हुँदै सुनसरीसम्मका तटीय क्षेत्रमा जोखिम हुने छ।

 

यो पनि पढ्नुहोस्

सोलुखुम्बुको हुंगा खोलामा पहिरो : १५ मिटरको ड्याम बन्यो

 

प्रकाशित: २६ भाद्र २०८३ ०९:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App