समाज

पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

फाइल तस्बिर

म्याग्दीमा लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ।

शनिबार बिहान करिब ०५:२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरस्थित सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।

यस्तै, बेनी-जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीकै रघुगंगा गा.पा.०२ बैसेरी स्थितमा पनि आजै बिहान करिब ०५:३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

प्रकाशित: ६ भाद्र २०८३ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App