नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले उनलाई यो सम्मान प्रदान गरेको हो।
घिसिङ हाल अमेरिका, बेलायत र युरोपका विभिन्न देशको भ्रमणमा रहेका छन्। प्रवासमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी हुँदै उनी एक महिनासम्म विदेश भ्रमणमा रहने छन्।
प्रकाशित: १२ श्रावण २०८२ ११:०४ सोमबार



